प्रदेश १ समाचार

भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु

भोजपुर, पुष १० गते । भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु भएको छ ।
आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरोले किच्दा भोजपुर नगरपालिका ५ का ३८ वर्षीय प्रेम कुमार तामाङको मृत्यु भएको हो ।
आज विहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page