अर्थतन्त्र

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको छ।

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। 

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ। ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि  गरिएको निगमले जानकारी दिएको छ।

यसअघि प्रतिसिलिण्डर १३७५ रूपैयाँ पर्ने गरेकोमा अब १४०० पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page