समाज

कञ्चनरुपको बैरवामा खाना पकाउने चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षति

कञ्चनरुप , २७ फागुन । सप्तरीको कञ्चनरुपमा चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षति भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवामा आज बिहान १० बजे खाना पकाउने चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षती भएको हो ।
उक्त आगलागीमा १ लाख नगद , चामल, धान, गहुँ, लत्ताकपडा, भाँडाकुडा र खाट चौकी जलेर नष्ट भएको पिडीत दुःखनी देवी बैधले बताउनुभयो ।
घरमा कोही पनि नभएका कारण खाद्यान्न , लत्ताकपडा लगायत जलेर नष्ट भएको स्थानीय अर्जुन पजियारले जानकारी दिनुभयो ।
स्थानीय , प्रहरी र नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page