स्वास्थ्य

सप्तरीमा ६ जनामा कोरोना संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या १२ पुग्यो

सप्तरी । सप्तरीमा आज गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार संक्रमण पुष्टि हुनेमा एक जना राजविराज नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक ५५ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी राजविराज–५ का २१ र २५ वर्षीय पुरुष, वडा नम्वर ११ का ६२ वर्षीय पुरुष र खडक नगरपालिकास्थित कल्याणपुरका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page