प्रदेश १ समाज

मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

झापा, जेष्ठ ४ गते । झापाको मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचिनगर नगरपालिका ९ का ४५ वर्षीय श्याम राई रहेका छन् ।
मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा गए राती साढे १२ बजे राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।
घाईते राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा राती नै सँवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page