स्वास्थ्य

नेपालमा आज ४ हजार ९ सय ५४ जना कोरोना मुक्त, थप ४१ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ४ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् ।
देशभरबाट १२ हजार २ सय ४ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ हजार ७ सय ३ जना तथा ४ हजार ७ सय ९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय १९ जना गरी जम्मा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट ५ लाख ६४ हजार ८ सय ८२ जना निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ८ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page