स्वास्थ्य

पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि , ३० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ३ नमुनाको पिसिआर परिक्षण गर्दा १ हजार ४ सय २४ जना र ५ हजार ३ सय ७२ नमुनाको एन्टीजेन परिक्षण गर्दा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभरबाट २ हजार ३ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
सङ्क्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ४ सय ८५ पुगेको छ ।
देशभर ३९ हजार ३ सय २१ सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ७ सय १८ जनाको सघन उपचार कक्षमा र १ सय ६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page