राजनीति

नेकपा एमालेले संगठन विस्तार गर्नेक्रममा कञ्चनरुपको ९ र ११ नम्वर वडा भेला सम्पन्न

डम्बर राई /
कञ्चनरुप, भदौ ५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ र ११ नम्बर वडामा नेपाल कम्युुनिष्ट पार्टी (एमाले) ले कमिटी गठन गरेको छ । शनिबार रुपनगर स्थित फुलवारी पाटी प्यालेसमा आयोजित वडा नम्बर ९ को भेलाले श्याम सुन्दर यादवको संयोजकत्वमा १९ सदस्य वडा कमिटी गठन गरेको छ ।
गठित तदर्थ कमिटीले यहि भदौ १८ गते सोही स्थानमा अधिवेशन गरी वडाका लागि जुझारु, सकृय तथा पार्टीको हीतमा काम गर्ने कमिटी निर्माण गर्ने छ भन्ने भेलाले निर्णय गरेको नगर संयोजक बच्चुलाल चौधरीले जानकारी दिनुभयो ।

यसैगरी वडा ११ स्थित भुवन माध्यमिक विद्यालयको प्राङ्गगणमा बसेको भेलाले ११ नम्बरको वडा कमिटी गठन गरेको छ ।
नगर संयोजक बच्चुलाल चौधरकिो अध्यक्षतामा बसेको भेलाले दीपेन्द्र कुमार गोजेवारको अध्यक्षतामा २५ सदस्य कमिटी सर्व सम्मत गठन गरेको छ ।
उपाध्यक्ष, सचिव, स सचिवमा क्रमशः भागवत राउत, किरण कुमारी थापा र महेन्द्र सरदार छन् भने सदस्यहरुमा झवरी देवी सदा, गौरी चौधरी, रामेश्वर ठाकुर, बिजय कुमार सरदार, नागेश्वर साह, कलानन्द राउत, राजन थापा, जय नारायण चौधरी, झलक बहादुर राना मगर, बुद्विलाल राम, अशोक कुमार सरदार, राजिन सरदार, रञ्जना कुमारी सरदार छन् ।
यसैगरी महेन्द्र चौधरी , सियाराम मण्डल, इन्जानायर माझी, दिलिप रेग्मी, रामसेवक प्रमाणी, सुजोदेवी माझी, भोपाल राम र गुन्जरी देवी राम रहेका छन् ।

सो अवसरमा जिल्ला कमिटी सदस्य भुवन केसी, मित्र नारायण श्रेष्ठ, पेशल जोशी, प्रेस चौतारी नेपाल सप्तरी शाखाका सचिवालय सदस्य उत्तम प्रसाद आचार्यले मन्तव्य दिइएका थिए ।
नेकपा एमाले परिवर्तनकारी पार्टी भएकोले मुलुकमा एमालेको सरकारले जे जती गर्यो त्यो ऐतिहासिक मानचित्रण भएको छ त्यसैले अब नेपाली जनतालाई कसैले पनि भ्रमात्मक कुरा लगाएर झुक्याउन नसक्ने कार्यक्रममा मञ्चासिन अतिथिहरुको धारणा थियो ।
केपी शर्मा ओलीले नयाँ नेपालको परिकल्पनालाई वास्तविकतामै मोडालिटीमा ल्याएपछि ओलीलाई टिक्न नदिन आफ्नै पार्टीका गद्घारहरु निस्किए तर ती गद्वारहरु आफै सकिन्छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page