समाज

कञ्चनरुपको बरमझियाबाट भारी परिमाणमा लागूऔषध सहित यादव पक्राउ

कञ्चनरुप, ६ भदौ । सप्तरी प्रहरीले लागूऔषध सहित कञ्चनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका बिन्देश्वर यादवको २८ वर्षीय छोरा जयराम यादवलाई पक्राउ गरेको छ । शनिवार बेलुका उनलाई बरमझिया स्थित आफ्नै संगम फास्फुड एण्ड मदिरा होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले उक्त होटलमा लागूऔषध बिक्री वितरण गरिरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोलीले छापामार्दा पसल भित्र कालो रङको प्लास्टिक र खैरो रङको झोलालाई शंका लागि चेक जाँच गर्दा लागूऔषध फेला पारेको हो ।
यादवको साथबाट नाईट्रोसन ६१० पिस टयाबलेट र खाली खोल ४१ पिस, एसपाम प्रोक्सीवन प्लस ३१० पिस ट्याबलेट भरेको र खाली खोल २० पिस, डिलेस ८ पिस भरेको र खाली ५ पिस, कोडीवेल १ सय एम.एल. खाली १ पिस, स्कुफ सय एमएल २ पिस भरेको, सिरिन्च १ थान, मोबाईल ३ थान र १८ हजार ६ सय ७५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादव विरुद्ध थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page