समाज

कदमाहामा रोकिराखेको ट्याङकरमा ट्रक ठोक्किदा एक वालिकाको मृत्यु ,तीन घाइते

कञ्चनरुप (सप्तरी) , ८ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा रोकिराखेको ट्याङकरमा ट्रक ठोक्किदा एक वालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गए राति पश्चिमतर्फ गइरहेको ना ८ ख ३४ ख ३४२२ नम्वरको ट्रकले रोकेर राखिएको को १ ख ६९५६ नम्वरको ट्याङकरलाई ठक्कर दिँदा दुर्घटनामा सुनसरीको रामधुनी इकराही नगरपालिका–४ का ट्रक चालक आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै ट्रक चालक ४५ वर्षीय चौधरी, सोही ट्रकमा सवार चौधरीकी पत्नी ४० वर्षीया चन्द्रकाला थारुनी र छोरा २३ वर्षीय आशिष चौधरी घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि पठाइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।
ट्याङकर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page