राजनीति

डेढ महिनासम्म मन्त्रीमण्डल गठन गर्न नसकेका परमादेशी देउवा सरकार धेरै दिन नटिक्ने :नेता प्याकुरेल

डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), भदौ ९ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा संसदीय दलका नेता माननिय सुमनराज प्याकुरेलले परमादेशी सरकारलाई सन्ठीको संज्ञा दिदै यो निकम्मा सरकार धेरै दिन टिक्क नसक्ने प्रमाणित भइसकेको बताउँनु भयो । उहाँले भन्नुभयो, डेढ महिनासम्ममा पनि मन्त्री मण्डल गठन गर्न नसक्ने देउवाले सरकार चलाउन गाह्रो छ, मुस्कीलले तीन—चार महिना भन्दा बढी सरकार चलाउँदैन ।
पार्टी जिल्ला कमिटी सप्तरीद्वारा मंगलवार हनुमाननगर कंकालनी नगरपालिका स्थित मधवापुरमा आयोजित निर्वाचन क्षेत्र नं. १ को अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुदै नेता प्याकुरेलले केपी शर्मा ओलीको सरकारलाई गिराउँन त्रिपक्षिय शक्ति गुटमा परिणत भएर केहि पहिलादेखि नै लागि परेका बताउँनुभयो ।

ओलीले देशमा ऐतिहासिक काम गरेर आफ्नो नाम सधैं सबै जनताका मन र मस्तिष्कमा स्थापित हुदै गएको भन्ने उनीहरुमा एकखाले त्रास फैलियो र ओली विरोधीहरुले पार्टीमा षडयन्त्र गर्न थाल्यो उहाँले भन्नुभयो, नेपालमा ओलीको प्रभाव कायम रहिरहने डरले प्रचण्ड माधव गुटले धमिराको काम गर्न थाल्यो । प्रचण्डको ईशारामा माधव नेपालले पार्टीमा जुन गतिविधि ल्यायो यसले माधव आफै विग्रियो ।
नेकपा माओवादी केन्द्रसंग एकता गर्नु नै ठुलो भुल भयो, वामएकतामा जुन प्रकारले सहमति भएको थियो त्यस अनुरुप धैर्य गर्न सकेन अन्तमा हालत ओलीको होइन प्रचण्ड माधवकै विग्रियो भेलाका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश २ का सह इन्चार्ज , सप्तरीका इन्चार्ज नेता प्याकुरेलले बताउँनुभयो ।
श्रमिक,मजदुर, किसानको पक्षमा काम गर्ने एमाले पार्टीले साढे तिन बर्षसम्म सरकार चलाउँदा धेरै क्षेत्रमा सबैलाई समानतामुखी काम गरेको छ उहाँले भन्नुभयो, गरिव, दलितका हितका लागि सरकारले सेवा सुविधापरक काम गरेको छ । विकासका लागि एमालेलाई कुनै खोट लगाउँन सक्दैन यदि कसैले खोट लगाउछन् भने त्यो सरासर गलत हो ।

राष्ट्रिय परिषद सदस्य तथा सप्तकोशी नगरपालिका नगरप्रमुख उत्तम कुमार गौतमले माधव नेपाल जस्ता दोगला गुटप्रष्थलाई समाप्त पार्न एमाले देशव्यापी रुपमा सकृय भएर लाग्नु पर्ने बताउँनुभयो । उहाँले अब जतिकै गरेपनि माधव नेपालको केहि जोर नचल्ने दावी गर्नुहुदै उसैका पक्षका केहि नेताहरु पनि एमालेमै फर्कदै गरेको संकेत प्रष्ट्याउनु भयो । सप्तकोशीमा ८५ सदस्य नगर कमिटी र ११ वटै वडा कमिटी पुनर्गठन भई जन वर्गिय संगठनहरु गठन हुदै गरेको जानकारी दिनुभयो । उहाँको अनुसार, चार दिन भित्रमा सबै वडामा युवा, महिला, मधेशी, आदिवासी जनजाती, लगायतका जनवर्गिय संगठन निर्माण भइसक्नेछन् ।
यस्तै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख तथा प्रदेश सदस्य बसन्त कुमार मिश्रले पार्टी विचार र सिद्घान्तले चल्ने भएकोले सिद्घान्तकारी कहिले अलग भएर बस्न नसक्ने बताउँनु भयो । यहि प्रसङ्गलाई जोडदै उहाँले भन्नुभयो कम्युनिष्ट सिद्घान्तमा त्यागि, साहसी, निष्पक्ष, सहयोगि, विकासप्रेमी लगायतका विचारका हुन्छन् त्यस्ता पार्टीबाट कहिले अलग भएर बस्न सक्दैनन् । माधव नेपालको समूहमा देखा परेका केहि नेताहरु पनि असल छन् , पार्टी र सिद्घान्त कतातिर मोडिदैछन् र हाम्रो जिम्मेवारी कहाँ पुगेर रोकिएला भन्ने चिन्ता उनीहरुमा उत्तिकै भएकोले हेर्दै जानुस् माधवलाई छाडेर मुल पार्टीमा आउँछन् मिश्रले विश्वास दिलाउनु भयो ।

उहाँले भन्नुभयो पार्टीमा त्यागि भएर लागेका नेता तथा कार्यकर्तालाई मरण परान्तपनि उनीहरुका परिवारजनलाई अवस्था अनुसारको केहि गरिदिने परिपाटीको विकास हुनुपर्छ, आज माओवादी पार्टी सकिने कारणै यहि हो । जनयुद्धकालमा लडेका कार्यकर्ता र शहिद परिवारलाई त्यो पार्टीले के दिन सक्यो ? हिजोको इतिहास नसेलाउँदै आज माओवादीले अर्काे बाटो अपनाएर केहि हुनेवाला छैन अब जनता सचेत भइसके भन्दै माधव नेपाल पनि बहुमतको आफ्नो पार्टीको सरकारलाई भाँडेर अर्कातिर गाँसिन पुगेका हुन् यिनी पनि अन्तमा प्रचण्ड झै एक्लै हो मिश्रले ठेकुवा गर्नुभयो ।
प्रदेश सदस्य मनाइ महत्तोले वामगठबंधनको दुईतिहाई बहुमतको सरकारले मात्र नभएर केपी शर्मा ओलीले यो देशमा आमुल परिवर्तनको काम गरेर ऐतिहासिक मान मर्यादा स्थापित गर्नुभएको बताउँनु भयो । उहाँले भन्नुभयो, यो भुमण्डलमा रहेका सबै जातजाती , भाषाभाषी, धर्मकर्मका समुदायलाई भेदभाव नगरी पिडित तथा समस्यामा रिमोलिएकाहरुलाई कसरी मुक्त गर्ने भन्ने सोचले लागिरहे मात्र होइन कैयौं समस्याहरु हलपनि गर्दै लगे, यत्तिमात्र होइन उनीहरुका माथिल्लोस्तरमा उकास्न भनेर ओली चिन्ताका साथ लागि परिरहयो ।

प्रदेश सदस्य शैलेन्द्र झा, जिल्ला अध्यक्ष ताराकान्त चौधरी लगायत दर्जनौले आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका, अग्नीसाइर कृष्णासवरन र तिरहुत गाउँपालिकाका सबै वडाहरुको संगठन बारेमा रिपोटिङ्ग प्रस्तुत भएको थियो । सम्बन्धित नगर र गाउँ कमिटीका संयोजकहरुको रिपोर्टिङ्ग अनुसार, वडाहरुमा कमिटी गठन, पुनर्गठन र नविकरण धमाधम भइरहेको र केहि दिनमा सबै नगर र गाउँ स्तरिय वडाहरुमा सम्पन्न हुने छ ।
सो समारोहमा विभिन्न पार्टी परित्याग गरी आएका दर्जनौलाई माननिय सुमनराज प्याकुरेलले अबिर लगाएर पार्टी प्रवेश गराउँनुभयो । हनुमाननगर कंकालनी ४ स्थित मधवापुरका रामकृष्ण साह,इन्दल सरदार, बच्चा सरदार, दिलिप सरदार, शैलेन्द्र मण्डल, शादिक मिया मन्सुरी, सीताराम साफी, देव नारायण रजक, धोतना सदा, सुलेन सदा, गीरिजा देवी राय, शत्रुघन राम, ललिता देवी राम र मदन सरदार एमालेमा प्रवेश गरेका हुन् ।
बद्रिकिशा्ेर मण्डलद्वारा संचालन भएको बृहत भेलाको औचित्यता एवं महत्ववारे जिल्ला सचिव देवनाथ यादवले प्रकाश पार्नुभएको थियो । निर्वाचन क्षेत्र नम्वर १ का संयोजक देवनाथ यादवको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page