स्वास्थ्य

कृति सामुदायिक उपचार केन्द्रमा हप्ताको दुई दिन विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गरिने

कञ्चनरुप , ९ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ , रुपनगर स्थित रहेको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा हप्ताको दुई दिन विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गरिने भएको छ ।
हाड जोर्नी, नशाा तथा स्पाइन सम्बन्धि विशेषज्ञ प्रा. डा.रोहित कुमार पोखरेलद्वारा हप्ताको दुई दिन सोमवार र विहीवारका दिन बेलुका ४ बजेबाट उपचार सेवा प्रदान गरिने केन्द्रका प्रमुम डा. नरेश शर्माले बताउनु भयो । साथै महिनाको अन्तिम शनिवार विहानैदेखि उपचार सेवा प्रदान गरिने समेत डा. शर्माले बताउनुभयो ।
सेवा लिन चाहनेहरुले ०३१-५६०२२१ मा सम्पर्क गरि जानकारी लिन सकिने उपचार केन्द्रले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page