स्वास्थ्य

आज थप २ हजार ४ सय ८२ जना कोरोना संक्रमित थपिए , ४४ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार ९ हजार ७ सय ११ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ८ सय ६२ जना तथा ५ हजार ५ सय ७९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६ सय २० जना गरी जम्मा २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय १२ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार २ सय ८७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page