राजनीति

एमालेको संगठन विस्तारक्रममा तिब्रता, शम्भुनाथ र खडकमा पनि कमिटी गठन

डम्बर राई /
कञ्चनरुप (सप्तरी), भदौ १० गते ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को संगठन विस्तारक्रममा बुधवार जिल्लाको शम्भुनाथ र खडक नगरपालिकामा नगर कमिटी गठन भएको छ ।
शम्भुनाथ नगरपालिकामा श्री नारायण चौधरीको संयोजकत्वमा ५५ सदस्य नगर अगुवा कमिटी र खडक नगरपालिकामा राजेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा ७५ सदस्य नगर कमिटी गठन भएको पार्टी जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो । उहाँको अनुसार, गठन पुनर्गठन र सदस्यता नविकरण कार्य जिल्लामा तिब्रगतिमा अगाडी बढिरहेको छ ।
यतिबेला सप्तरीका ईन्चार्जको हैसियतले राष्ट्रिय सभा सदस्य साँसदीय दलका नेता माननिय सुमनराज प्याकुरेल पनि सप्तरीमा संगठन कार्यमा व्यस्त हुनुहुन्छ । जिल्लाको विभिन्न नगरमा नगरभेला गर्नेक्रममा शम्भुनाथ र खडकमा आयोजित नगरभेलामा प्रमुख अतिथिको आसनबाट नेता प्याकुरेलले हामी कम्युनिष्टहरु प्रगतिशिल, उत्थानवादी, समाजवादी स्वभावका हुने भएकोले हाम्रो धारमा रहनेहरु मात्र सच्चा कम्युनिष्ट हो भन्नुभयो ।

कम्युनिष्टको नाममा उभिएका माधव नेपालको विचार, सोंच र सिद्वान्त भने प्रगतिशिल, उत्थावादी एवं समाजवादी हुनसक्दैन उहाँले दावीका साथ भन्नुभयो, नेपाल एक्लैहुने विस्तारक्रम हुदैछ र हुन्छ किनभने त्यहाँ भएका सच्चा कम्युनिष्टहरु सहि धारलाई खोजेर आउँछन् ।
नेता प्याकुरेलले हामीले कतै कसैको बहकाउ एवं भ्रममा नपरी एमालेको गतिविधि तथा काम कार्यवाहीमा लाग्नुपर्छ भन्दै हामी बलियो खम्वा हौ धमिराले केहि गर्न सक्दैन, हामीसंग जो त्याग छ त्यो पूराहुन्छ तपाइहरु विचलनमा नपर्नुस सुझाव दिनुभयो ।

आयोजित भेलालाई सम्वोधन गर्नुहुदै जिल्ला सचिव यादवले भेलाको औचित्यता तथा महत्वमाथी प्रकाश पार्नुभएको थियो ।
समारोहमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य अब्दुल मजिज साकिर, मनाइ महत्तो, ईन्द्र नारायण चौधरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी लगायतका नेता तथा कार्यकर्ताले धारणा, विचार व्यक्त गरेका थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page