स्वास्थ्य

थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि ,२६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय २ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ नमुनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थप १ हजार ९ सय २९ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणका कारण आज थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ ।
देशभर ३८ हजार ३ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page