स्वास्थ्य

आज २ हजार ३ सय ३७ जना कोरोना सङ्क्रमण मुक्त , २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ५२ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ५ सय ७७ जना तथा ४ हजार ३ सय ६५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४ सय ८८ जना गरी जम्मा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
यसैगरी आज कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ६३ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३७ हजार ५ सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page