राजनीति

कञ्चनरुपको वडा नम्वर १२ मा एमालेको वडा कमिटीसँगै युवा संघ र अखिल महिला संघ गठन

डम्बर राई /
कञ्चनरुप , भदौ १२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ नम्वर वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा कमिटीसँगै अखिल महिला संघ र युवा संघ गठन भएको छ ।
शुक्रवार रुपनगर स्थित फुलवारी पाटी प्यालेसमा आयोजित दोश्रो वडा अधिवेशनबाट दील बहादुर थापा (सन्तोष) को अध्यक्षतामा ३९ सदस्य वडा कमिटी गठन भएको छ भने पछि एकजना थप गर्ने गरी प्रमिला कोइरालाको अध्यक्षतामा महिलातर्फ १५ सदस्य र युवातर्फ दिपक भट्टराईको अध्यक्षतामा ३९ सदस्य कमिटी गठन भएको हो ।

आयोजित कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मनाइ महत्तोले जनताको मतले होइन शासकीय कानुनी परमादेशबाट सरकारमा आएका स्यालहरुले विकासको मोडेल दिन नसक्ने ठोकुवा गर्नुभयो । एमालेको सरकारमा रहेर केपी शर्मा ओलीले नेपालको नक्शामा पास गराएर आफ्नो देशको भुमी लिपुलेक, लिम्पीयाधुरा कालापानीको सिमानालाई गर्वको साथ अगाडी बढायो तर अहिले यो सरकारले समस्याको रुपमा हेरेको छ उहाँले थप्नुभयो । समारोहको प्रमुख अतिथिको आसन गर्नुभएका नेता महत्तोले हाम्रा् अतिक्रण भएका सस्कृती, भुमीसंग संगै देशी , विदेशी प्रतिकृयावादीहरुलाई चिरफार गर्ने कदम ओलीले बढाएर यो देशमा नमुना बनेको बताउँनु भयो ।
समाजिक सुरक्षा होस् नीति निर्माण वा विकासको सवालमा होस् ओलीले राष्ट्रमा अदम्य शाहस देखाउँनुभएको छ महत्तोले भन्नुभयो, ओली प्रति गरिएको रीस, डाहले कुनै फरक पर्दैन, सरकारबाट ओली केहि महिना बाहिरीएका मात्र हुन् ओली विकल्प छैन ।
यसैगरी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख तथा पार्टीका प्रदेश सदस्य बसन्त कुमार मिश्रले संगठनको वारेमा केहि सुझाव दिनुहुदै भन्नुभयो, मैले दुईबर्ष अगाडी नै भनेको थिएँ सबै दलहरु मिलेर एमालेलाई कमजोर बनाउने काम गर्छ आज ठीक त्यहि भयो । गुटको राजनीतिकले कसैलाई भलो नहुने हुँदा चाहे दल वा व्यक्ति जो कोहिले पनि गुट उपगुटमा लागेर नहिड्न निवेदन गर्नुभयो ।

साथै उहाँले भन्नुभयो, अब हामीले कहाँ के भइरहेको छ ? त्यो वारेमा पनि चासो नदेखाउँ मात्र आफुले के गर्ने कुन जिम्मेवारीमा छु ? भन्ने विषयमा मात्र ध्यान केन्द्रित रहयो भने हामी लक्षमा पुग्न सक्नेछौ । अरुलाई कमजोर बनाउँने, नराम्रो बनाउँने, हेप्ने जस्ता काम तिर लाग्यौ भने त्यसको नकरात्मक आफुलाई नै आउँछ ।
उहाँले कञ्चनरुप नगरपालिका जिल्लाकै उत्कृष्टमा छनौट भएको जानकारी दिनुहुदै विकासको कार्यमा प्रदेश २ मै अगाडी रहेको दावी गर्नुभयो । उहाँले पक्ष विपक्षरुपी काम आफूबाट नभएको साथै भ्रष्टाचारमा संलग्न नभएको र हुनपनि नदिइएको भन्दै यदि आफुले भनेको सावित भएमा तुरन्तै नगरप्रमुखबाट राजिनामा दिने प्रण गर्नुभयो ।

प्रदेश सदस्यद्वय असरा चौधरी, कलिम मियाँ, जिल्ला सदस्य मित्र नारायण श्रेष्ठ, नगर संयोजक बच्चुलाल चौधरीले धारणा व्यक्त गर्नुभएको थियो भने १२ नम्वर वडाध्यक्ष देवी बहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाका सचिवालय सदस्य उत्तम प्रसाद आचार्यद्वारा संचालन गरिएको सो कार्यक्रममा दील बहादुर थापाको अध्यक्षता रहेको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page