समाज

तिलाठी कोईलाडीमा गए राति कुखुरा फर्ममा आगलागि हुँदा लाखौको क्षति

सप्तरी । सप्तरीको तिलाठी कोईलाडीमा गए राति कुखुरा फर्ममा आगलागि हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वाड नं. ७ स्थित कट्टीमा रहेको संगीता कृषि फर्ममा शुक्रबार राति दुई वजे घुरवाट सल्केको आगो एक्कासी कुखुरा फर्ममा लागेर आगलागी हुँदा दस लाखको क्षति भएको छ ।
आगलागी हुँदा दुईवटा घर , एक हजार दुई सय कुखुरा ,पानी तान्ने मोटर १ थान, भवलेटर १ थान , पंखा १२ थान , कुखुराका दाना, ६० हजार नगद लगायत दस लाखको सामानहरु जलेर नष्ट भएको फर्मका सञ्चालक चन्द्रभूषन कुमार सिंहले जानकारी दिएका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page