स्वास्थ्य

२ हजार २६० जना कोरोना संक्रमणमुक्त हुँदा १ हजार ३८८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page