स्वास्थ्य

देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि , ३७ जनाको मृत्यु

काठमाडौं । आज देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ११ हजार ८ सय ७० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ जना तथा ६ हजार ५ सय ३८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३१ जना गरी जम्मा ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ६३ हजार ६ सय ६३ जना निको भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।
कोरोना सङ्क्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ९४ पुगेको छ ।
देशभरि ३४ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमित रहको मन्त्रालयले जनाएको छ । जसमा ७ सय १३ जनाले आइसियु र १ सय ५८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page