स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटीद्वारा १ हजार सर्जिकल मास्क वितरण

उत्तम आचार्य /
कञ्चनरुप ,२८ साउन ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौं र युनिसेफ नेपालको सहयोगमा नेपाल सरकारले सञ्चालनमा ल्याएको मास्क अभियान अन्तर्गत बिहीवार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सप्तरीले कञ्चनरुप नगरपालिकामा १ हजार सर्जिकल मास्क वितरण गरेको छ ।
नेपाल रेडक्रस सप्तरी शाखाका प्रशान्त थापाले कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोभिडको जोखिमलाई न्युनिकरण गर्न नेपाल रेडक्रस सोसाइटीले सर्जिकल मास्क वितरण गरेको बताउनुभयो ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले कोरोनाको महामारी यथावत रहेको बेला सहयोगी संस्थाहरुद्वारा कञ्चनरुप नगरपालिकाका सर्वसाधरणलाई मास्क वितरण गर्नु धेरै सराहनिय कार्य रहेको बताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

उपप्रमुख निरु पोखरेलले कोभिडको महामारीलाई न्युनिकरण गर्ने कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाको सर्वोदय माध्यमिक विद्यालय क्षेत्र , बजार, बेरियर, कञ्चनपुर हटियामा १ हजार सर्वसाधरणलाई सर्जिकल मास्क वितरण गरिएको नेपाल रेडक्रसका मन्टु देवले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरूमा पुगेर नागरिकहरूलाई अनिवार्य मास्क लगाउन अपिल समेत गरेको छ ।
अभियानमा युनिसेफका रोशन गुप्ता, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सिना, सुरक्षाकर्मीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको आयोजकले बताएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page