स्वास्थ्य

थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि ,३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै आज कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।
आज थप २ हजार २ सय ९४ जना कोरोनाबाट निको भएका छन् । यो सँगै नेपालका ६ लाख ७७ हजार ३ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page