स्वास्थ्य

थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि , २ हजार ११८ जना निको , २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ७ सय ६३ जना तथा ६ हजार ८ सय ७४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ५२ जना गरी जम्मा ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय १८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ७९ हजार ४ सय ९५ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ३९ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार ७ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page