समाज

बेलबारीबाट अवैध ब्राउन सुगर सहित दुई जना पक्राउ

मोरङ । मोरङको बेलबारीबाट अवैध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय खेम मगर र मेचीनगर ३ बस्ने लोकबन्धु दर्नाल रहेका छन् ।
बिहीवार बेलबारी नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम राजमार्ग भाउन्ने स्थितमा लक्ष्मीमार्गबाट कानेपोखरीतर्फ पैदल हिडि रहेको मगरलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजले लुकाई छिपाई बोकेको अवैध ब्राउन सुगर १.६७ (एक ग्राम सढसट्ठी मिलिग्राम) बरामद गरिएको र थप अनुसन्धानको क्रममा बेलबारी नगरपालिका वडा नम्बर ३ बाट दर्नालको साथबाट ९.९३ (नौ ग्राम तिरानब्बे मिलिग्राम) अवैध ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई सम्मानित मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page