स्वास्थ्य

अस्पताल व्यापारमा परिणत भएको जनताले महशुस नगरोस् : नेता सुमनराज प्याकुरेल

डम्बर राई /
कञ्चनरुप, साउन ३२ गते ।
राष्ट्रिय सभा सांसदीय दलका नेता माननिय सुमनराज प्याकुरेलले जनताका यावत समस्यालाई समाधान गराउँन विभिन्न काल खण्डमा हामीले ठुलो संघर्ष गर्दै आएको भन्नुभयो । हाम्रो लडाईबाट शिक्षा, स्वास्थ्य लगायतका जनतालाई नभई नहुने क्षेत्रमा परिवर्तन आएकाछन् नेता प्याकुरेलले भन्नुभयो, परिवर्तन सोेंच र विचारले मात्र सम्भव नभएकाले हामीले यसका निम्ती लडाई लडेका हौं ।
कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगर चौकमा नव सञ्चालनमा आएका एम.डी. हेल्थकेयर अस्पताल प्रालीद्वारा सोमवार आयोजित चियापान समारोहमा उहाँले प्रमुख अतिथिको आसनबाट यस्तो भन्नुभएको हो ।

हाम्रो लडाई तथा वलिदानीले ल्याएको परिवर्तनलाई बुझेर जनताले विश्वास गरेर दिइएको मतलाई समेत कानुनी शासनले दवाउँने काम गरेको छ भन्दै नेता प्याकुरेलले दुःख व्यक्त गर्नुभयो । कानुनी शासन पनि एक प्रकारको राज्यमा विभेदगर्ने शासन देखा परेको छ जसको शासनले जनताको मतलाई कुल्चिएर परमादेश लागु गरेर कानुनी शासन चलाएको छ उहाँले भन्नुभयो, नियम कानुन सबैका लागि वरावर हुनुपर्छ । उहाँले आफनै वडामा संचालन गरिएको अस्पतालको प्रगतीको कामना गर्नुहुदै सबै रोगका उपचारमा व्यवस्थापनका लागि जोड दिनुहुदै आफुले पनि आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।

एमडी डाक्टरद्वारा विरामी चेक जाँचको व्यवस्थामा नियमितता प्रदान गर्न नसकेपनि हप्तामा एकपल्ट पालो प्रणालीबाट गर्न सकिए अस्पताल प्रभावकारी बन्ने छ नेता प्याकुरेलले सुझाव दिनुभयो । अस्पतालको सेवा सुविधाबाट जनताले व्यापारीकरणको आभास महसुश नगरोस् भन्ने थप सुभाव उहाँको थियो ।
नोवेल अस्पतालका प्रवन्धक तथा केएमसीका जिएम नारायण दाहालले सहुलियत, सस्तो, सुलभ र गुणस्तर सेवा प्रदान गर्न यो अस्पताल खोलिएको बताउँनु भयो । यो अस्पतालमा बिराटनगर स्थित नोवेल अस्पतालले उपलव्ध गराउँदै आएका सेवा सुविधा दिने र प्रत्येक हप्ता विभिन्न रोगका विशेषज्ञहरुबाट विरामी चेकजाँच गरीन्छ यो दुबै अस्पताल बीच सम्झौता भएको हो दाहालले जानकारी दिनुभयो ।
यस्तै सो समारोहमा राष्ट्रिय युवा संघ नेपाल नगर संयोजक जैनुदिन मियाँले भ्रष्टाचार, विभेदकारी, दलाल, बिखण्डनकारीलाई कुनै हालतमा राष्ट्रिय युवा संघ नेपालले नछाड्ने बताउनु भयो ।

समाजसेवी तिर्थराज उपाध्याय , नेपाली काँग्रेसका निर्वाचन क्षेत्र न.ं १ का क्षेत्रिय सदस्य जित बहादुर श्रेष्ठले पनि अस्पतालको सेवा सुविधाबाट यहाँका जनता लाभान्वितसंगै उचित सेवाका लागि भरोसा राख्नुभयो ।
अस्पतालका अध्यक्ष मो जाकिर सेखको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षक, नागरिक समाज, युवा, महिला, सञ्चारकर्मीहरु लगायतका बाक्लो उपस्तिथि रहेको थियो । कार्यक्रम स्थानिय शिक्षक प्रमोद कटुवालले संचालन गरेका थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page