स्वास्थ्य

देशभर ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको जानकारी अनुसार १० हजार ९३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना सङ्क्रमणबाट २ हजार ४ सय ५८ जना निको भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
आज थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय २७ पुगेको छ ।
हाल देशभर ३९ हजार ३ सय ७१ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page