समाज

सप्तरीको कञ्चनरुपमा करेन्ट लागेर एक युवकको मृत्यु

कञ्चनरुप (सप्तरी) ,१ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका १० का २५ वर्षीय बैजु मुखिया यादव रहेका छन ।
सोमवार सोही ठाउँ कै स्थानिय केसरी पासवानको बन्दै गरेको घरमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर बैजुको मृत्यु भएको स्थानिय मुकेस मैरताले जानकारी दिनुभयो ।
घरपेटी पासवान हुक प्रयोग गरी बती बाल्दै आएको र करेन्ट लागेर मृत्यु भएपश्चात पासवान फरार भएको मैरताले बताउनु भयो ।
मृतकको शव पोष्टमार्टमका लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page