स्वास्थ्य

थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि , २७ जनाको संक्रमणबाट मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ६५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज १ हजार ९ सय २९ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
आज थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर ३९ हजार ८ सय ७१ सक्रिय संक्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page