प्रदेश १ समाज

लागूऔषध ब्राउन सुगर सहित चार जना पक्राउ

झापा, भदौ २ गते । झापा प्रहरीले बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तमोड ५ जात्रुबारीका २० वर्षीय रतन राजबंशी र २४ वर्षीय सुरज चौधरी रहेका छन् ।
मंगलवार बेलुका ४ बजे ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ की देवी तामाङ र बिर्तामोड ५ की २१ वर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट ४ ग्राम ४५ मिलीग्राम ब्राउसुगर सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page