राजनीति

सप्तरीमा युवा संघ नेपाल र अनेरास्ववियुको संयुक्त आयोजनामा अध्यादेश विरुद्ध प्रदर्शन

डम्बर राई /
कञ्चनरुप (सप्तरी), भदौ २ गते ।
राष्ट्रिय युवा संघ नेपाल सप्तरी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीले वर्तमान सरकारले ल्याएको अध्यादेश खारेजीको माँग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
दलहरुको विभाजनमा बढवा दिने गरी राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपति विधादेवी भण्डारी समक्ष सरकारले सिफारीस गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा बुधवार जिल्लाको सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेको हो ।

युवाहरुले स्थानिय हनुमान मन्दिरबाट हातमा राँको लिइएर विभिन्न नारा लगाउँदे निस्केको र्यालीले दशन चौक (नेता चौक) मा कोण सभा गरेका थिए । दल सम्बन्धि अध्यादेश परमादेशी देउवा सरकारले फीर्ता गर्नैपर्छ यदि फीर्ता लिदैन भने युवाहरुले घुडा टेकाउन जानेको छ कोणसभामा परिणत युवा नेताहरुले चेतावनी दिदै अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी संज्ञामा राखेर वक्ताहरुले निन्दा एवं भत्र्सना गरेका छन् ।

युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य संजय पासवान, केन्द्रिय सदस्य मनिष श्रेष्ठले मन्तव्य र नेकपा एमाले सप्तरी जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखलेश झा, अनेरास्ववियु सप्तरीका अध्यक्ष ललित रजक, युवा संघ नेपाल सप्तरीका संयोजक चित्तरन्जन यादवले सभालाई सम्वोधन गरेका थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page