स्वास्थ्य

थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि , थप ३३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ वटा आरटी पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जनामा र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जना गरी ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
देशभर कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या ८ लाख २० हजार ६ सय ५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थप २ हजार १ सय २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार ४ सय २९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
देशभर कूल ४० हजार ५ सय जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page