समाज

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनरुप (सप्तरी) , ४ भदौ । सप्तरीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
राजबिराज भारदह सडकखण्ड अन्तर्गत राजबिराज नगरपालिका १५ स्थित खाँडो खोला नजिक शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा राजबिराज नगरपालिका ११ झल्ही फर्सेटका टरा सदाको २७ वर्षीय छोरा बिनोद सदाको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाईते सदाको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका मनकुन सदाको २१ वर्षीय छोरा गौतम सदा समेत घाईते भएको र उनको अबस्था सामान्य रहेको तथा उपचार पछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँका शुक्रबती सदाको २१ वर्षीय छोरा धनराज सदा भने फरार भएक छन् । फरार सदाको खोजी भइरहेको तथा घटनाबारे अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page