स्वास्थ्य

थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि , २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ३० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ७९ जना तथा ७ हजार १ सय २४ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ६३ जना गरी जम्मा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ४४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै आज कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४ सय ५५ जना पुगेको छ ।
देशभर जम्मा ४० हजार ३ सय ९ जना सक्रिय सङ्क्रमि रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page