राजनीति

कञ्चनरुपको वडा नम्वर -९ मा एमालेको वडा कमिटीसँगै अखिल नेपाल महिला संघ गठन

कञ्चनरुप , भदौ १८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ९ नम्बर वडामा नेपाल कम्युनिस्ट पार्टी एमाले को वडा कमिटी र अखिल नेपाल महिला संघ सर्वसम्मत रुपमा गठन भएको छ ।
शुक्रबार रुपनगर स्थित रहेको फूलवारी पार्टी प्यालेसमा आयोजित नेकपा एमालेको दास्रो वडा अधिवेशनबाट श्यामसुन्दर यादवको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटी र सरोदेवी रामको अध्यक्षतामा १९ सदस्यिय अखिल नेपाल महिला संघको वडा कमिटी सर्वसम्मत रुपमा गठन भएको हो ।
आयोजित कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख एवं नेकपा एमालेको प्रदेश नम्बर २ का सदस्य बसन्त कुमार मिश्रले नेकपा एमालेको सरकार भए मात्र राष्ट्रको विकास र देशमा समृद्धि आई जनतामा खुशीयाली छाउने बताउनुभयो । खासगरी शिक्षाको कमिले गर्दा मानिसहरु पछाडी पर्ने भएकाले शिक्षाको विकासमा सबैले ध्यान पुर्‍याउनु पर्नेमा मिश्रले जोड दिनुभएको थियो ।

नेकपा एमाले प्रदेश नम्बर २ का सदस्य मो. कलिमले केपी ओलीको नेतृत्वमा भएको सरकारले गरीब दलित महिलाको पक्षमा राम्रो काम गरी देशलाई समृद्ध बनाई जनतालाई सुखी बनाउने अभियानमा लागेको बेला ओली सरकारलाई घेराबन्दीमा पारी ढाल्ने काम भएको र गठबन्धन सरकार धेरै दिन टिक्न नसक्ने बताउनु भयो ।

प्रदेश कमिटी सदस्य आसरादेवी चौधरी, खेलकुद महासंघका केन्द्रिय सदस्य दिनेश भुजेल, नेकपा एमालेका जिल्ला कमिटी सदस्य भोला राउत, प्रेस चौतारी नेपालका सप्तरी सदस्य उत्तम आचार्य, नेकपा एमालेका नगर कमिटी संयोजक बच्चुलाल चौधरी, तत्कालिन जगतपुर गाविसका अध्यक्ष शिवनारायण साह, ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण यादव, राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष जैनुदिन मियाँ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तव्य बुद्धिजिवि रितेश दासले गर्नुभएको थियो भने अधिवेशन आयोजक समितिका संयोजक श्यामसुन्दर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page