राजनीति

नेकपा एमाले सप्तरीद्वारा पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह

राजविराज , २१ भदौ । नेकपा (एमाले) सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।
माधवकुमार नेपाल निकट कार्यकर्ता चोइटिएर बनेको नेकपा एस मा लाग्न एमाले कार्यकर्तालाई विभिन्न किसिमको प्रलोभनमा पारिरहेको अवस्थामा सचेत हुन सम्पुर्ण एमालेबाट जितेका जनप्रतिनिधि र कार्यकर्ताहरुमा आज सोमबार एक प्रेस वक्तव्य मार्फत आग्रह गरिएको छ ।
जिल्ला कमिटी संयोजक ताराकान्त चौधरी र सचीव देवनाथ यादवद्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्तीमा माधव नेपाल निकट कार्यकर्ताले एमाले कार्यकर्तामा विभिन्न किसिमको प्रलोभन ,धाकधम्की लगायत क्रियाकलाप गरिरहेको छ। यस्तो क्रियाकलापको पक्षमा नलागी फुट र बिभाजन विरुद्ध दृढता पुर्वक उभिन आग्रह गरिएको छ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page