स्वास्थ्य

२ हजार ७२ जना कोरोना सङ्क्रमणमुक्त , १ हजार ६७७ जना संक्रमित थपिए , २१ जनाको मृत्यु

काठमाडौं , २२ भदौ । नेपालमा आज थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनाको पीसीआर परीक्षणमा १ हजार ४ सय २३ र ३ हजार ९ सय २३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १० हजार ८ सय ७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ७ लाख ३१ हजार जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर ३० हजार ३ सय ३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page