स्वास्थ्य

आज १ हजार ६ सय ४० जना कोरोना संक्रमण पुष्टि , १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ६ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६७ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ४७ जना तथा ३ हजार ६ सय ८८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ९३ जना गरी जम्मा १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज २ हजार १ सय ६१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ८ सय ८९ जना पुगेको छ ।
यस्तै देशभर जम्मा २९ हजार ४ सय ७९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page