स्वास्थ्य

आज थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि , २१ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ४९ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना तथा २ हजार ३ सय ६७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जना गरी जम्मा १ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै कोरोना सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय २४ जना पुगेको छ ।
देशभर जम्मा २७ हजार ९ सय ५८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page