स्वास्थ्य

आज २ हजार ९ सय ५७ जना कोरोना संक्रमणमुक्त , १ हजार ९५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । नेपालमा आज थप १ हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ सय ७५ जना तथा ३ हजार ३१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय २० जना गरी जम्मा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज २ हजार ९ सय ५७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५२ हजार १ सय ७० जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८ जना पुगेको छ ।
देशभर जम्मा २२ हजार ३ सय २३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page