स्वास्थ्य

आज १ हजार ८ सय ३० जना संक्रमणमुक्त , १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ६ सय २६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ३६ जना तथा ३ हजार ९ सय ९६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ९४ जना गरी जम्मा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ८ लाख ७५ हजार ९ सय ५९ जना संक्रमित बनेका छन् ।
आज १ हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५४ हजार जना निको भएको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट आज ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३ जना पुगेको छ ।
देशभर गरी जम्मा २१ हजार ५ सय २४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page