राजनीति

लोसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टीबाट राजिनामा दिएका छन् ।
लोसपाका केन्द्रीय कार्यकारणी समितिका सदस्य समेत रहेका लेखीले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।
लेखीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन् ।
नयाँ राजनीतिक यात्राको थालनी गर्न लोसपाको कार्यकारणी समितिको सदस्यबाट राजीनामा दिएको लेखीले बताएका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page