स्वास्थ्य

आज थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि , १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय ५५ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ९८ जना तथा ३ हजार २ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप ९ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
आज थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देश भर गरी १८ हजार १ सय ६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page