स्वास्थ्य

आज थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि , १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार ६० नमूनाको पिसिआर परीक्षण गर्दा ६ सय ९१ जना तथा २ हजार ५ सय ५९ नमूनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ९ सय १० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार २ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर गरी १४ हजार ५ सय ५४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page