समाज

माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु

सप्तरी , २८ असोज । सप्तरीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधवार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको ना १ ना ७४१८ नम्बरको माइक्रोले ठक्कर दिँदा हनुमाननगर कंकालिनी नगरपािलका–५ का शैलेश सिंहको १६ वर्षीय छोरा संम्रिधकुमार सिंहको मृत्यु भएको छ ।
घाइते बालकलाई उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता घाइते भएका सोही नगरपालिका–१० का २२ वर्षीय अरविन खंगको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page