स्वास्थ्य

आज ७ सय ८ कोरोना संक्रमित थपिए , सङ्क्रमणबाट ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ३ सय ७६ नमुनाको परिक्षण गर्दा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९ सय ३२ जना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट निको भएको दर ९७ दशमलव २ प्रतिशत छ ।
आज ११ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै हाससम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर १० हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page