समाज

सुनसरीमा अबैध सुन तथा नगद सहित दुई जना पक्राउ

सुनसरी, कार्तिक ५ गते । सुनसरीमा अबैध सुन तथा नगद सहित दुई जना पक्राउ परेका छन् ।
सुनसरी धरान उपमहानगरपालिका २ स्थित बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित धरान १५ सगरमाथा लाईन का ४८ र्षिीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिहीवार उनीहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र नगद रु १८ लाख सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page