समाज

ट्याक्टर दुर्घटना हुँदा जाजरकोटमा तीन जनाको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा जाजरकोटमा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नलगाड नगरपालिका- ७ का ३५ वर्षीय चंखलाल बिक, वडा नम्बर-५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।
त्यस्तै नलगाड नगरपालिका-८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह-चालक रहेको प्रहरीले बताएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page