समाचार

कंकालिनी युवा क्लबद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

बृजमान तामाङ /
विरेन्द्र वजार, १८ कार्तिक ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका २ कंकालिनी टोलमा विहिवार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
कंकालिनी युवा क्लब अग्नीसाईर कृष्णासवरण २ सितापुर द्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । क्लवका अध्यक्ष प्रल्हाद चौधरीको अध्यक्षता तथा अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीको प्रमुख आतिथ्य एवम् थारु अगुवा नेता डा. ललन चौधरीको बिशिस्ट आतिथ्यमा कार्यक्रम आयोजना गदिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष चौधरी, बिशिस्ट अतिथि डा. चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शंकर चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, जसपा थारु संघका केन्द्रिय सदस्य मिलन चौधरी, पुर्व जिल्ला सदस्य कुशेश्वर प्रसाद चौधरी,युवा नेता सुरेश चौधरी, पुर्व प्रधानाध्यापक महाबिर प्रसाद चौधरी, जनता मावि सितापुर भुर्कीका साहायक प्रधानाध्यापक कुलानन्द चौधरी, संगितकार दशरथ प्रसाद चौधरी, काठमाडौ माहाननगर पालिकाका माहानगर प्रहरी निरीक्षक योगेन्द्र प्रसाद चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

जनता आधारभूत विद्यालय हरिहरपुरका शिक्षक सुवास चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत क्लवका सचिव संजिव कुमार चौधरीले गरे ।
कार्यक्रममा माहानगर प्रहरी निरीक्षक चौधरीले क्लबका युवाहरूलाई फुटबल र जर्सी प्रदान गरेका थिए । कार्यक्रममा कंकालिनी मन्दिर परिसरमा बृक्ष रोपन समेत गरिएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page