समाज

सप्तकोशीको ओद्राहामा आगलागी, पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण

दिपेन्द्र प्रसाद यादव /
फत्तेपुर, कार्तिक १८ गते ।
सप्तरीको सप्तकोशीमा बुधवार बेलुका भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
सप्तकोशी नगरपालिका स्थित वडा नम्बर ८ को ओद्राहामा बेलुका करिब ३ः०० बजे केवल मल्लाहको घरमा भएको आगलागीबाट एक घर जलेर पुर्ण रुपले नष्ट भएको छ।
दुई सन्तान एवम् श्रीमतीसहित चार जनाको परिवार रहेको निजको घरमा अन्न, लत्ताकपडा सबैथोक जलेर नष्ट हुँदा हातमुख जोर्न समेत समस्या भएको पिडित केवल मल्लाहले बताउनुभयो ।
विपदको यस घडीमा सहयोगी हातहरु अघि सरेका देखिन्छन्। वडा नम्बर ८ का वडाध्यक्ष केदारप्रसाद साहले पीडित परिवारलाई राहतस्वरूप एक बोरा चामल, एक बोरा भुजा (मुरही) , दाल, चाउचाउ लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी मयुर्नी उप शाखा सप्तकोशी ८ ओद्राहाका सभापति रविन्द्र चौधरी एवम् सचिव रामकुमार यादवले पीडित परिवारलाई राहतस्वरूप त्रिपाल हस्तान्तरण गर्दै थप सहयोगको लागि जिल्ला रेडक्रस सोसाइटी राजविराजमा पहल गर्ने बताउनुभयो।

त्यसैगरी सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार गौतमले दुई थान त्रीपाल , दुई थान म्याट , एउटा डस्ना , एक बोरा चामल , भुजा एक प्याकेट, दाल, नुन ,खाने तेल , दुई थान सिरक हस्तान्तरण गर्नुभएको सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले जानकारी दिनुभयो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page