राजनीति

जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट चुनाव लड्ने

जनकपुरधाम। जनमत पार्टीका अध्यक्ष सिके राउत आगामी मंसिर ४ गते हुने निर्वाचनमा सप्तरी २ बाट चुनाव लड्ने भएका छन्। राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेका हुन्।
जनमत पार्टी केन्द्रीय समितिको बिहीबार बसेको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको हो।
राउत सप्तरीको महादेवा गाउँपालिका २ निवासी हुन्। उनको वडामा राउतको पार्टीले वडाध्यक्षसहित सबै सिट जितेको थियो। यो बाहेक २ नं. क्षेत्रका अन्य केही वडामा पनि जनमत पार्टीले जितेको थियो।
जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो।
२०७५ फागुन २४ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।

Add Comment

Click here to post a comment

You cannot copy content of this page